
लुम्बिनी शान्ति दिप (Lumbini PEACE Torch) को लोकपृयता Olympic TORCH को Speed मा दिनौदिन, दिन दुई गुना रात चौगुना, को द्रुत गती मा अघि बढ्दै .........
नेपालका Fastest Everest Climbing Record Breaker श्री स्पिड काजी शेर्पा लाई नेपाल पर्वतारोहण संघको कालापत्थरमा आयोजना हुन लागेको कार्यक्रमका लागि Lumbini PEACE Marathon का आयोजक श्री विक्रम पाँडे काजी बाट लुम्बिनी शान्ति म्याराथन का तर्फ बाट Lumbini PEACE Torch विश्व पर्यटन दिवस (World Tourism Day) २०८० असोज १० (27 September 2023) का दिन नुवाँकोट घर सानेपा मा हस्तान्तरण गर्नुभयो ।
२०८० मंसिर २ - 18 November 2023 :
विश्वमा बढ्दो तापक्रमले हिमालमा हिउँ पग्लिने क्रम नथामिएपछि २०८० मंसिर २ (18 November 2023) शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ले यस विषयमा विश्वकै नजर तान्न झन्डोत्तोलन गरे । त्यहाँ नेपाल पर्वतारोहण संघले आफ्नो स्थापनाको ५० वर्ष पुगेको छेको पारेर झन्डा राखेको हो । अध्यक्ष निमा नुरु शेर्पा का अनुसार नेपालकै सबैभन्दा उचो स्थानमा राखिएको राष्ट्रिय झन्डा मार्फत अब सगरमाथा सँगै नेपालको पनि विश्वभर प्रचार हुने छ । ‘जति पनि सगरमाथाका तस्बिर सार्वजनिक छन् ती अधिकांश कालापत्थरबाट खिचिएका हुन्, अबका दिन आरोही हुन् वा पर्यटकले खिच्ने फोटो/भिडियोमा सगरमाथाको अघिल्तिर एउटा राष्ट्रिय झन्डा पनि फहराइरहने छ । जसले नेपाललाई पनि विश्वमा प्रचार गर्ने छ,’ उनले भने ।
मिति २०८० कार्तिक (3 November 2023) का दिन माया देवि मन्दिर परिसर भित्र को अखण्ड शान्ति द्वीप बिन्दु बाट लुम्बिनी PEACE TORCH प्रज्वलन गरियो ।
२०८० मंसिर ०२ - 18 November 2023 :
सोहि Lumbini PEACE TORCH नेपालका सम्माननिय प्रधानमन्त्री श्री क. प्रचण्डलाई सगरमाथा बेस क्याम्प नजिकै कालापत्थर आधार बिन्दु (१७,५०० फिट) मा २०८० मंसिर ०२ अर्थात 18 November 2023 शनिबार हस्तान्तरण गर्दै श्री स्पिड काजी शेर्पा ।
स्मरण रहोस यसै स्थानमा २०६६ मंसिर १६ अर्थात December 04, 2009 का दिन जलबायु परिवर्तनको बारे विश्वको ध्यान नेपाल पट्टि आकर्षित गर्न तत्कालिन प्रधानमन्त्री श्री माधव कुमार नेपालको उपस्थितिमा यहि कालापत्थर (१७,५०० फिट) को विन्दुमा समापन भएको थियो ।
(( …. यो पिस टर्च (LUMBINI PEACE TORCH) को परिकल्पना गर्ने श्रीजनाकार तथा रचनाकार अरु कोही नभयर Olympic Games र Olympic TORCH को जन्म भुमि GREECE देश का Consul General श्री बिकम पाँडे काजी आफै थिए .… ))











Leave a Comment